एजेन्सी । स्विडेनका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोबिचले सिजनको अन्त्यसँगै एसी मिलान छाड्ने भएका छन् ।
ज्लाटन यसै सिजनको जनवरी ट्रान्सफरमा एसी मिलान आएका थिए । तर, क्लबले चिफ अफ फुटबल अफिसर जोभोनिमिर बोबानलाई बर्खास्त गरेपछि ज्लाटनले क्लब छाड्ने निर्णय गरेको मिरर अनलाइनले जनाएको छ ।
बोबानले नै ज्लाटनलाई क्लबमा पुन: ल्याएका थिए ।

अमेरिकी क्लब एलए ग्यालेक्सीबाट मिलान फर्किएका उनले यस सिजन १० खेलमा ४ गोल गरिसकेका छन् ।
३८ वर्षे फरवार्ड ज्लाटनले यस अघि सन् २०१० देखि १२ सम्म मिलानबाट खेलेका थिए ।
