एजेन्सी । ब्राजिली स्टार नेयमार स्पेनिस महारथी क्लब बार्सिलोना फर्कन उत्सुक देखिएका छन् । क्याटलान क्लब बार्सिलोनाले ठुलो मूल्यमा ब्राजिली स्टार नेयमारलाई क्लब फर्काउन कोशिश गरिरहेको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रहेका नेयमार यस सिजन बार्सिलोना फर्कने तयारीमा छन् ।
लिग वान क्लबले बार्सिलोनाका पूर्व स्टारका लागि १ सय ३५ मिलियन पाउण्डको मूल्य तोकेको छ ।
उसले ब्राजिली स्टारलाई सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य १ सय ९८ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको थियो । पछिल्लो एक बर्षयता नेयमार पुरानै क्लब बार्सिलोना फर्कन चाहन्छन् ।

नेयमारले कुनैपनि हालतमा बार्सिलोना फर्कने सोच बनाएका छन् ।
स्पेनिस मिडियाका अनुसार २८ बर्षिया फरवार्डका प्रतिनिधिले बार्सिलोनासंग भेट गरेर सम्भावित सरुवाका बिषयमा छलफल गरेका छन् ।
पीएसजीले नेयमारका लागि १ सय ३५ मिलियन पाउण्डको मूल्य राखिसकेको छ । नेयमार आफ्नो आम्दानी घटाएर समेत बार्सिलोना फर्कन तयार छन् ।
नेयमार बार्सिलोनाका स्टार मेस्सीसँग पुन: जोडिन चाहन्छन् । र पुन मेस्सी र लुईस स्वारेजसंग जोडी जमाउन चाहन्छन् ।