एजेन्सी । वायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की र उनकी श्रीमती अन्नाले कोरोना भाईरसबिरुद्व लड्न एक मिलियन युरो सहयोग गरेका छन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध लडाँईमा लेवान्डोस्की दम्पत्तिले ठुलो आर्थिक सहयोग गरेका हुन् ।
यस्तै, लोवान्डोस्कीका सहकर्मी लियोन गोरेत्जका र जोशुआ किमिचले समेत महामारीविरुद्ध लड्न ‘वि किक कोरोना’ नामको एक कोष खडा गरेका छन् । र उनीहरु मिलेर कोषमा एक मिलियन युरो राखेका छन् ।
यस्तै म्यान्चेष्टर सिटीका लिरो सानेले समेत कोरोनाविरुद्धको लडाईमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
‘हामी कठिन परिस्थितीको बारेमा जानकार छौँ ।’ लेवान्डोस्कीले भनेका छन् ।
‘आज हामी सबै टिममा खेलिरहेका छौ । यो लडाँईमा हामी बलियो हुन आवश्यक छ । यदी हामीले कसैलाई सहयोग गर्न सक्यौ भने, यसले काम गर्नेछ ।’ उनले थपेका छन् ।
‘वि किक कोरोना’ले समेत विभिन्न माध्यमबाट साढे २ मिलियन युरो भन्दा बढी रकम उठाएको छ । र, विभिन्न सामाजिक संस्थालाई सहयोग गरेको छ । जसले कोरोनाविरुद्ध काम गर्दै आएका छन् ।
‘कसैले पनि सहयोग गर्न सक्छ । सानो वा ठुलो रुपमा ।’ किमिचले भनेका छन् ।
‘यदी हामी एक साथ खडा भयौ भने एक अर्काप्रति उत्तरदायित्व देखाउँछौ भने यसबाट बाहिर निस्कन सक्छौ ।’ उनले भनेका छन् ।