एजेन्सी । इंग्ल्यान्डको लिग वान क्लब पोर्ट्समाउथका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पोर्ट्समाउथले टोलीका जेम्स बोल्टन, एन्डी क्यानन र सिन राग्गेटलाई कोरोनाको संक्रमण देखिएको जनाएको छ ।
खेलाडी, प्रशिक्षक र क्लबका पदाधिकारीको गत साता गरिएको परिक्षण मध्ये तीन खेलाडीको पोजिटिभ देखिएको हो । यस्तै क्लबले अन्य खेलाडी र पदाधिकारीको थप विवरण नआईसकेको जनाएको छ ।
कोरोनाको लक्षण देखिएका खेलाडी आइसोलेसनमा रहेको र उनीहरु पूर्ण रुपमा ठिक रहेको समेत क्लबले जनाएको छ ।