एजेन्सी । मेलबर्न सिटीले अष्ट्रेलियाको महिला लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा सिड्नी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै मेलबर्न च्याम्पियन्स बनेको हो ।
मेलबर्नको जितमा स्टेफ क्याटलीले खेलको १५ औं मिनेटमा निर्णायक गोल गरिन् ।
यससँगै मेलबर्नले चौंथो पटक लिगको उपाधि जितेको छ । र, चार पटक लिगको उपाधि जित्दै मेलबर्नले इतिहास रचेको छ ।
