एजेन्सी । पोर्चुगलका पूर्व डिफेन्डर पाउलो फेरिराले क्रिस्टियानो रोनाल्डोले ४० वर्षको उमेरसम्म व्यवसायिक फुटबल खेल्न सक्ने बताएका छन् ।
चेल्सीका पूर्व डिफेन्डर समेत रहेका पाउलोले रोनाल्डोको मेहेनत र इच्छा शक्तिको कारण उनले ४० वर्षसम्म खेल्ने दाबी गरे ।
'मैले रोनाल्डोलाई लामो समयबाट चिन्छु । उसको मनोभाव र उनको मेहेनत सबै उल्लेखनीय छ,' उनले भने, 'जबसम्म उसको शरीरले उसलाई खेल्न अनुमति दिदैन, त्यस समयसम्म उ यहिँ स्तरमा रहने छन् । र, मलाई लाग्छ कि उनी चार वा पाँच वर्षसम्म बाँच्नेछन् ।'
युभेन्ट्सका स्टार रोनाल्डो अहिले ३५ वर्ष पुगिसकेका छन् । तर,पनि क्लबका लागि उनले उत्कृष्ट खेलिरहेका छन् ।
यस सिजन रोनाल्डोले २५ गोल गरिसकेका छन् ।
यस्तै उनले रोनाल्डो अझै टिमका मुख्य र निर्णायक खेलाडी रहेको बताए ।
पाउलोले रोनाल्डोसँग सन् २००४ देखि १० सम्म पोर्चुगलबाट खेलेका थिए ।