एजेन्सी । इटालियन क्लब नापोलीले बुधबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।
इटालीमा कोरोना भाईरसले महामारीको रुप लिईरहेको भएपनि नापोलीले प्रशिक्षण सुरु गर्ने भएको हो ।
'नापोलीको टिमले बुधबार (मार्च-२५) बाट टेक्निकल सेन्टरमा प्रशिक्षणको सुचारु गर्नेछ,' नापोलीले भनेको छ ।
इटालीमा कोरोनाको कारण ४ हजार बढी मानिसको मृत्यु भईसकेको छ । सरकारले इटालीमा लक डाउन गरेको छ ।
तर, नापोलीले भने सुरक्षालाई चुनौती दिँदै प्रशिक्षण गर्न लागेको हो ।
यस्तै क्लब काग्लियारीले पनि सोमबारबाट प्रशिक्षण गर्ने तयारी गरेको छ । त्यस्तै लाजियोले अर्को साताबाट प्रशिक्षण थाल्ने छ ।
इटालीमा खेलाडीलाई समेत कोरोनाको संक्रमण देखिएको छ ।