बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. नेपाली क्रिकेटरले बनाएका विश्व कीर्तिमान

नेपाली क्रिकेटरले बनाएका विश्व कीर्तिमान

२०२० मार्च २१, शनिबारविश्वास थापा

नेपाली क्रिकेटरले बनाएका विश्व कीर्तिमान

काठमाडौं । विश्व क्रिकेटमा एसोसियट राष्ट्र नेपालले छुट्टै छाप छाडेको छ । विश्व क्रिकेटमा नेपालले ठुलो उपलब्धि हात पार्न त सकेको छैन ।

सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेल्नु नेपालको सबै भन्दा ठुलो सफलता हो । यस्तै क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनु समेत नेपालले हात पारेको एक ठुलो उपलब्धि हो ।

विश्व क्रिकेटमा ठुला उपाधि जित्न असफल भएपनि नेपाली क्रिकेट विश्वमा थुप्रै कीर्तिमानहरु बनाउन सफल भएको छ ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपाली क्रिकेटले बिरलै पाईने विश्व कीर्तिमान बनाएको छ ।

२४ वर्षे क्रिकेट इतिहासमा नेपालले बनाएको १२ विश्व कीर्तिमानहरुको ब्याख्या तल गरिएको छ ।

१. मेहबुब आलमको १० विकेट

सन् २००८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ को समूह चरणको खेलमा नेपालले मोजाम्बिकलाई सहजै पराजित गर्दा नेपालका मेहबुब आलमले विश्व कीर्तिमान बनाएका थिए ।

२ सय ३९ रनको लक्ष्य पछ्याएको मोजाम्बिकलाई सस्तैमा समेट्न मेहबुब एक्लैले १० विकेट लिएका थिए । जुन आईसीसीको निश्चित ओभरको अन्तराष्ट्रिय खेलमा १० विकेट हात पार्ने मेहबुब एकल खेलाडी हुन् ।

मेहबुबले ७ ओभर ५ बलमा १ ओभर मेडेन बलिङ गर्दै १२ रन खर्चेर १० विकेट हात पारेका थिए । उक्त खेलमा मोजाम्बिक १९ रन बनाउँदा १४ ओभर ५ बलमा अल आउट भएको थियो ।

२. रुबिना छेत्रीको १ ओभरमा ५ विकेट

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना छेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो महिला खेलाडी हुन् ।

सन् २००९ को एसीसी महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध उनले ह्याट्रिक गरेकी थिइन् । ह्याट्रिक मात्र नभएर उनले ५ बलमा ५ विकेट बनाएर विश्व कीर्तिमान समेत कायम गरेकी हुन् ।

सिंगापुरलाई जितका लागि अन्तिम ओभरमा २ रन चाहिएको अवस्थामा ५ विकेट लिँदै मात्र १ रन दिइन् । पहिलो बल डट गरेकी रुबिनाले दोस्रो बल देखि लगातार ३ विकेट लिँदै अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी बनिन् । उनको सफलता त्यतिमा मात्र सिमित रहेन । लगत्तै उनले वाइड बल फालेपछी स्कोर बराबर भएको थियो । बाँकी २ बलमा पुन २ विकेट लिँदा खेल बराबरीमा रोकिएको थियो ।

खेल बराबरी भएपछि नेपालले सिंगापुरलाई बल आउटमा २-१ ले पराजित गरेको थियो ।

३. शक्ति गौचन

शक्ति गौचन आईसीसीको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सबै भन्दा कम इकोनमी भएका खेलाडी हुन् । उनले मलेसियाविरुद्ध १० ओभर बलिङ गर्दै ८ ओभर मेडेन राख्दै २ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।

Image result for shakti gauchan

सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा नेपालले मलेसियालाई पराजित गर्न शक्तिले ठुलो भूमिका खेलेका थिए । शक्तिले वेष्ट इण्डिजका फिल सिमन्सले सन् १९९२ मा पाकिस्तानविरुद्ध १० ओभर बलिङ गर्दै ८ मेडेन सहित ३ रन खर्चेर ४ विकेट लिएको कीर्तिमान भंग गरेका थिए ।

खेलमा नेपाल १० विकेटले विजयी भएको थियो ।

४. २ बलमा लक्ष्य पुरा

सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । नेपालले म्यानमारले दिएको विजयी लक्ष्य मात्र २ बलमा पुरा गरेर कीर्तिमान बनाएको थियो ।

पहिले ब्याटिङ गरेको म्यानमार १० ओभर १ बलमा १० रन बनाउँदा अलआउट भयो । ११ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र २ बलमा लक्ष्य पुरा गर्यो । नेपालको लागि महेश छेत्री र धिरेन्द्र चन्दले समान ३/३ रनको अविजित रन बनाए ।

बाँकी रन म्यानमारले अतिरिक्त दिएको थियो ।

५. राहुल विश्वकर्माको विश्वकपमा ०.४७ को इकोनमी

सन् २०१२ को आईसीसी यू-१९ विश्वकपमा पीएनजीविरुद्ध नेपालका राहुल विश्वकर्माले ६ ओभर २ बल बलिङ गर्दै ३ रन खर्चेर ६ विकेट हात परे । उनको सो बलिङ इकोनमी यू-१९ विश्वकप ५ ओभर भन्दा बढी बलिङ गर्ने खेलाडी मध्य सबैभन्दा कम इकोनमी (०.४७) हो ।

Image result for rahul bishwakarma cricketer

६. आईसीसी प्लेट च्याम्पियन

सन् २००६ मा न्युजिल्याण्डमा भएको आईसीसी यू-१९ प्लेट च्याम्पियनमा नेपालले उपाधि जितेको थियो । टेष्ट राष्ट्र सम्मिलित प्रतियोगितामा सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा घरेलु टिम न्युजिल्याण्डलाई १ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

आईसीसी प्लेट च्याम्पियन जित्ने नेपाल पहिलो एसोसियट राष्ट्र हो ।

Image result for icc plate champion nepal

७. कुशल मल्ल

एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडी नेपालका कुशल मल्ल हुन् । उनले सन् २०२० मा आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका हुन् । उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धशतक बनाउँदै विश्व किर्तिमान बनाए ।

Image result for कुशल मल्ल khelpati

यसअघि नेपालका रोहित कुमार पौडेलले १६ वर्ष १ सय ४६ दिनमा युएईविरुद्ध अर्धशतक बनाउंदै सचिन तेन्दुलकर र साहिद अफ्रिदिको किर्तिमान भंग गरेका थिए । कुशलले पुन: रोहितको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए ।

८. पारस खड्काको विश्व कीर्तिमानी शतक

नेपाली क्रिकेट टोलीका तत्कालिन कप्तान पारस खड्काले सिंगापुरविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा लक्ष्य पछाउने क्रममा शतक बनाएका थिए ।

उक्त शतक टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा लक्ष्य पछाउने क्रममा कप्तानले शतक प्रहार गर्ने कीर्तिमान पारसले बनाएका थिए । उनले अविजित ५२ बलमा १०६ रन बनाउँदै टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका थिए ।

यसअघि नेदरल्याण्डका कप्तान पिटर सीलारले १२ दिनअघि स्कटल्याण्डविरुद्ध ९६ रन बनाउँदै रन पछ्याउने क्रममा कप्तानले बनाएको सर्वाधिक रनको कीर्तिमान राखेका थिए ।

९. कम स्कोरमा शतक

टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा कम रनको लक्ष्य पछ्याउने क्रममा शतक बनाउने टिम नेपाल हो । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका पारस खड्काले शतक प्रहार गरेका थिए ।

यसअघि अस्ट्रेलियाले सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध १ सय ६१ रन बनाउँदा ग्लेन म्याक्सवेलले अविजित १०३ रन बनाएका थिए ।

१०. महिला नेत्रहीन क्रिकेट टिम

महिला नेत्रहीन क्रिकेट टिमको सुरुवात नेपालबाट भएको हो । महिला नेत्रहीन क्रिकेट टिम बनाउने विश्वको पहिलो राष्ट्र नेपाल हो । नेपालले सन् २०१६ मा अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टिम बनाएको थियो । त्यसअघि कुनै पनि राष्ट्रले महिला नेत्रहीन क्रिकेट टिम बनेको थिएन ।

११. सोमपाल कामी

सन् २०१४ मा नेपालका भरपर्दा अलराउन्डर सोमपाल कामीले हङकङविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा १० औं स्थानमा ब्याटिङ गर्दै ४० रन बनाएका थिए ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा १० औं स्थानमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने सोमपाल विश्वका एकल खेलाडी हुन् । उनले ३१ बलमा ४० रन बनाउँदा नेपालले ७३ रनको लक्ष्य दिएको थियो ।

१२. अन्जली चन्द

नेपालकी राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य अन्जली चन्दले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छिन् ।

गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा माल्दिभ्सविरुद्ध कुनै रन नखर्ची ६ विकेट लिँदै अन्जलीले विश्व कीर्तिमान बनाएकी हुन् ।

अन्जलीले २ ओभर १ बलमा बिना रन खर्चेर ६ विकेट लिएर कीर्तिमान बनाएकी हुन् । यसअघि टी-ट्वान्टी अन्तराष्ट्रिय महिला क्रिकेटमा मलेसियाकी मास एलसाको नाममा ६ विकेट लिएर ३ रन खर्चेको रेकर्ड रहेको थियो ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालले १० विकेटको जित निकालेको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु