एजेन्सी । इटालियन सिरी 'ए' क्लब रोमाले अस्पतालमा तीन भेन्टिलेटर र आठ शैया बनाउन सहयोग गरेको छ ।
इटालीमा कोरोना भाईरसले महामारीको रुप लिएपछि अस्पतालमा तीन भेन्टिलेटरसहित आठ शैया निर्माणको लागि लगानी गरेको हो ।
यस्तै रोमाले एक कोषका लागि ४ लाख २४ हजार पाउण्ड डलर समेत सहयोग गरेको छ ।
क्लबका खेलाडी, कोचिङ स्टाफले आफ्नो एक दिनको तलबबाट उक्त सहयोग गरेको हो ।
रोमाले यस अघि मास्क, सेनिटाईजर, ग्लोब्स लगायतका सामग्री अस्पताललाई सहयोग गरेको थियो ।
चीनबाट फैलिएको कोरोनाले इटालीमा ४ हजार बढीको मृत्यु भईसकेको छ ।