एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले कोरोनाको कारण प्रिमियर लिग रद्द वा बन्द रंगशालामा खेलिएपनि आफ्ना म्याच डेका कर्मचारीलाई तलब दिने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण हाल प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित भएको छ । लिग स्थगित भएपनि युनाइटेडले आफ्ना म्याच डे कर्मचारीलाई बाँकी खेलको रकम उपलब्ध गराउने भएको हो ।
लिगमा युनाइटेडले अब ४ खेल घरेलु मैदानमा खेल्न बाँकी रहेको छ । उक्त खेल रद्द वा दर्शक बिना खेलाएपनि म्याच डे कर्मचारीले तलब पाउने छन् ।
आफ्ना कर्मचारीलाई आर्थिक भार नहोस भन्ने उदेश्यले म्याच डे कर्मचारीलाई तलब दिन लागेको युनाइटेडले जनाएको छ ।
युनाइटेडले ३ हजार बढी आफ्ना म्याच डे कर्मचारीको तलब १ मिलियन रहेको समेत जनाएको छ ।
यस्तै युनाइटेडले आफ्ना तलबी कर्मचारीलाई समेत तलब दिने जनाएको छ ।