कोहलीको आक्रामक सेलिब्रेसन 'पन्चिङ ब्याग' !

एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमका मुख्य प्रशिक्षक जस्टिन लान्गरले भारतीय कप्तान विराट कोहलीको आक्रामक सेलिब्रेसनले आफुलाई 'पन्चिङ ब्याग' को महसुस गराएको बताएका छन् ।
प्रशिक्षक लान्गरले सन् २०१८-२०१९ मा भारतीय टिम अष्ट्रेलिया भ्रमणमा रहँदा कोहलीले गरेको सेलिब्रेसनले 'पन्चिङ ब्याग' को अनुभूति दिएको बताएका हुन् ।
उक्त भ्रमणमा विराटको कप्तानीमा रहेको भारतीय टिमले बोर्डर गावस्कर ट्रफी र एकदिवसीय सिरिज २-१ ले जितेको थियो । यस्तै टी-ट्वान्टी सिरिज भने १-१ को बराबरी भएको थियो ।
त्यस समय अष्ट्रेलियाको टिम बल टेम्परिङ आरोप पछि पुन: लयमा फर्किने प्रयाशरत रहेको थियो ।
सिरिज दैरान अष्ट्रेलिया टिमले स्लेजिङ नगर्ने निर्णय समेत लिएको थियो । तर, मैदानमा कोहलीको हर्कतको कारण लान्गरलाई निराश बनाएको थियो ।
'मलाई त्यो दिन याद छ, मलाई 'पन्चिङ ब्याग' जस्तो महसुस भएको थियो । फर्केर लडाई गर्ने सक्ने स्थिति थिएन,' लान्गरले हालै सार्वजनिक भएको द टेष्ट सिरिजमा भने, 'यस्तो महसुस भएको थियो कि हाम्रो पछाडी डोरी बाँधिएको थियो ।'
आफ्नो खेलाडीलाई त्यसको जवाफ दिन भनेको तर उनीहरुले सिरिज भर दुराचारको सिमा पार नगर्ने अठोट लिएको समेत लान्गरले बताए ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)