सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओडीआईमा सर्वाधिक रन बनाउने क्रिकेटर

बिहिबार, ०६ चैत्र २०७६खेलपाटी संवाददाता
ओडीआईमा सर्वाधिक रन बनाउने क्रिकेटर
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालले दुई वर्ष पहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो ।

जिम्बावेमा भएको आईसीसी विश्वकप एकदिवसीय छनोट प्रतियोगिताबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको ऐतिहासिक सफलता पाएको थियो ।

सन् २०१८ को मार्च १५ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले थुप्रै अन्तर्राष्ट्रिय खेल समेत खेलिसकेका छन् ।

यस्तै नेपालका धेरै खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । तर, नेपालका कमै खेलाडीले मात्र एकदिवसीय अन्तर्राष्ट्रियमा १०० भन्दा बढी रन बनाउन सफल भएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय बढी रन बनाउन सफल नेपालका खेलाडीहरुको सूची तयारी गरिएको छ ।

पारस खड्का -

पूर्व कप्तान पारस खड्का नेपालका लागि एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा कप्तानी गर्ने पहिलो खेलाडी हुन् । यस्तै उनी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।


पारसले १० खेलमा ३ सय १५ रन बनाएका छन् । नेपालले खेलेको सबै एकदिवसीय अन्तराष्ट्रिय खेल खेलका पारसले १ शतक र १ अर्धशतक बनाएका छन् । पारस एकदिवसीय अन्तराष्ट्रिय खेलमा शतक बनाउने एकल नेपाली खेलाडी समेत हुन् । उनले सन् २०१९ मा युएईविरुद्धको खेलमा १ सय १५ रनको शतकीय इनिङ्स खेलेका थिए ।

ज्ञानेन्द्र मल्ल -

एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालको दोस्रो कप्तान हुन ज्ञानेन्द्र मल्ल । उनले १० एकदिवसीय अन्तराष्ट्रिय खेलमा २ सय २२ रन बनाएका छन् ।

मल्ल नेपालको लागि एकदिवसीय अन्तराष्ट्रिय खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । उनले नेपालले खेलेको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा नै अर्धशतक बनाएका थिए । यस्तै एकदिवसीय अन्तराष्ट्रिय खेलमा २ अर्धशतक बनाउने ज्ञानेन्द्र एकल नेपाली खेलाडी हुन् ।

उनले नेदरल्यान्ड्स र ओमानविरुद्ध अर्धशतक बनाएका छन् । संयोग भनौ उनले अर्धशतक बनाएको दुवै खेलमा नेपाल पराजित भएको थियो । ज्ञानेन्द्र हाल नेपाल क्रिकेट टिमका कप्तान हुन् ।

दिपेन्द्र सिंह ऐरी -

नेपाली राष्ट्रिय टोलीका उप-कप्तान दिपेन्द्र नेपालको लागि एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । उनले १० खेलमा १ सय ५९ रन बनाएका छन् ।

हालसम्म उनले कुनै पनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा अर्धशतक बनाउन सकेका छैनन् । सन् २०१८ को एसिया कप छनोटमा युएईविरुद्ध बनाएको ४० रन नै उनको एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक रन हो ।

विनोद भण्डारी -

नेपालका विकेटकिपर ब्याट्सम्यान विनोद एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने चौंथो नेपाली खेलाडी हुन् । उनले ७ खेल खेल्दा ६ इनिङ्स ब्याटिङ गर्दै १ सय ५५ रन बनाएका छन् । यस्तै उनले १ अर्धशतक समेत बनाएका छन् ।

उनले गत महिना नेपालमा भएको विश्वकप लिग-२ को खेलमा अमेरिकाविरुद्ध ५९ रनको अर्धशतक बनाएका थिए । घरेल भूमिमा एकदिवसीय अन्तराष्ट्रिय खेलमा अर्धशतक बनाउने विनोद नेपालको दोस्रो खेलाडी हुन् ।

सोमपाल कामी -

अलराउण्डर सोमपाल कामी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने पाँचौं खेलाडी हुन् । उनले ६ खेलमा १ सय ४६ रन बनाएका छन् ।

यस्तै उनले १ अर्धशतक बनाएका छन् । उनले नेदरल्याण्डविरुद्ध सन् २०१८ मा अर्धशतक बनाएका थिए । नेदरल्याण्डविरुद्ध बनाएको ६१ रनको स्कोर नै सोमपालको एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक रन हो ।

नेपालको लागि एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक रन अर्धशतक बनाउने उनी तेस्रो खेलाडी हुन् । यस्तै सोमपाल एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने पहिलो नेपली हुन् ।

आरिफ शेख -

एकदिवसीय अन्तराष्ट्रिय खेलमा सय रन कटाउन सफल छैटौं खेलाडी आरिफ शेख हुन् । यस्तै उनी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने छैठौं खेलाडी हुन् । उनले १० खेल खेल्दा ९ इनिङ्स ब्याटिङ गर्दै १ सय ३० रन बनाएका छन् ।

तर, आरिफले हालसम्म एकदिवसीय अन्तराष्ट्रिय खेलमा अर्धशतक बनाउन सकेका छैनन् । युएई भ्रमणमा आरिफले युएईविरुद्धको दोस्रो खेलमा ४९ बल खेल्दै २९ रन बनाएको नै एकदिवसीय खेलमा सर्वाधिक स्कोर हो ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो