दक्षिण अफ्रिकी क्रिकेटर 'क्वारेन्टाईन'मा

एजेन्सी । भारतबिरुद्वको क्रिकेट सिरिज रद्व भएर घर फर्किएका दक्षिण अफ्रिकाका क्रिकेटर क्वारेन्टाईनमा बस्नुपर्ने भएको छ ।
भारतबाट बुधबार घर फर्किएका दक्षिण अफ्रिकी क्रिकेटर १४ दिनसम्म अलग बस्ने भएका हुन् ।
दक्षिण अफ्रिकाका मुख्य चिकित्सक अधिकारी सोएब मान्जराले भनेका छन्, 'हामीले सुझाव दिएका छौ, सबै खेलाडी कम्तिमा १४ दिन अलग बस्नेछन् ।किनकी मानिस सुरक्षित रुपमा रहन यो आवश्यक कदम हो ।'
'यसको दौरान, यदी कसैलाई कुनै प्रकारको लक्षण देखिएमा वा अन्य चिज भएको खण्डमा उनीहरुको सहि तरिकाले परिक्षण गरिने सुनिश्चित गरिएको छ ।' उनले थपेका छन् ।

दक्षिण अफ्रिकाको टिम कोलकत्ताको बाटोबाट मंगलबार स्वदेश फर्किएको थियो । पाहुना टोली भारत भ्रमणमा रहेको थियो । भारतमा उसले तीन एकदिवसीय सिरिज खेल्ने तय थियो । तर कोरोना भाईरसका कारण सो सिरिज रद्व हुन पुग्यो ।
भारत र दक्षिण अफ्रिकाबीचको पहिलो खेल धर्मशालामा खेल्ने भनिएको थियो । तर बर्षाका कारण पहिलो खेल हुन सकेन ।
यस्तै, मार्च १५ मा दोस्रो खेल लखनउ र मार्च १८ मा तेस्रो खेल कोलकतामा खेल्ने तय थियो । तर कोरोनाको संक्रमणको डरले सिरिज रद्व गरिएको थियो ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)