एजेन्सी । आयरल्याण्ड क्रिकेट टिमको जिम्बावे भ्रमण स्थगित भएको छ ।
कोरोना भाईरसको कारण देखाउँदै आयरल्याण्डले जिम्बावे भ्रमण स्थगित गरेको हो ।
आयरल्याण्डले आगामी अप्रिलमा ६ खेलको लागि जिम्बावे भ्रमण गर्ने तालिका रहेको थियो । जसमा ३ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज रहेको थियो ।
तर, चीनबाट फैलिएको कोरोनाको कारण दुवै देशका क्रिकेट बोर्ड भ्रमण स्थगित गर्न सहमत भएका छन् ।