एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) को टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले आफ्नो प्रशिक्षण स्थगित गरेको छ।
कोरोना भाईरसको कारण यस सिजनको आईपीएल सरेपछी बैंगलोरले प्रशिक्षण सारेको हो ।
विश्वभर फैलिएको कोरोनाको कारण आईपीएल १८ दिन पछी सरेको छ । आईपीएल सारिएको मितिमा समेत नहुने सम्भावना बढेको छ ।
मार्च २९ देखि सुरु हुने भनिएको आईपीएल अब अप्रील १५ बाट हुनेछ ।
विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले मार्च २१ बाट तयारी गर्ने तालिका रहेको थियो ।
बैंगलोरले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै अभ्यास स्थगित गरिएको बताएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार बैंगलोरले अभ्यास स्थगित गरेको जानेको छ ।
'संग्लग्न हुने सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै आरसीबीले मार्च २१ बाट हुने भनिएको अभ्यास क्याम्प अर्को सूचना जारी नहुन्जेल सम्म स्थगित गरिएको छ,' ट्विटरमा बैंगलोरले भनेको छ, 'हामी सबैलाई स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गर्छौं ।'