एजेन्सी । बल टेम्परिङ विवादपछि अष्ट्रेलियाको क्रिकेट टिमलाई ठुलो झट्का लाग्यो ।
लगातार तीन वर्षसम्म अष्ट्रेलियाको टिम खराब फर्मबाट गुज्रियो ।
यो बाटो कस्तो रहयो ?
कस्तो चुनौती खेप्नु पर्यो ?
यसबारे प्राइम भिडियोले एक डकुमेन्ट्री तयार गरेको छ ।
क्रिकेट कसैका लागि धर्म हो भने अष्ट्रेलियाको टिम त्यो धर्मभन्दा ठुलो देवता हो ।
सन् २००० पछिको पहिलो दशकमा भारतको कोही शत्रु थियो भने त्यो अष्ट्रेलियाका रिक्की पोण्टिङ थिए ।
भारतको एउटै सपना हुने गर्दथ्यो, 'उसलाई पराजित गर्नुपर्छ, उसको हड्डी भाँच्नु पर्छ ।’
अष्ट्रेलियाको टिम कुनै पनि भारतीय क्रिकेट प्रशंसकका लागि निकै महत्व राख्थ्यो ।
केही वर्ष अघिमात्र अष्ट्रेलियालाई बल टेम्परिङको दाग लाग्यो, सो घटना विश्व क्रिकेटलाई ठूलो धक्का थियो ।
भित्र भने एक प्रकारको छुटै पीडा थियो ।
जुन खेलाडीलाई आरोप लागेको थियो, उनीहरु क्रिकेट समर्थकका लागि नायक थिए ।
क्रिकेटमा त्यस घटनालाई जघन्य अपराध मानियो । घटनामा जोडिएका तीन खेलाडीलाई प्रतिबन्ध गरियो ।
जब अष्ट्रेलियाको टिमले पुनरागमन गर्यो, त्यो साच्चिकै अविश्वसनीय बन्यो ।
झण्डै ४ वर्षको अन्तरमा अष्ट्रेलियाको टिम पुरानै विरासतमा आईपुगेको छ ।

तर बितेका चार वर्ष यति सजिलो भने थिएन ।
अष्ट्रेलियाको टिमले धेरै कुरा झेल्न पर्यो ।
गाली सुन्यो, समर्थकको आक्रोश सुन्यो ।
पुनरागमन गर्दा टिमले धेरै कठिन क्षणको सामना गर्यो ।
सबै भन्दा राम्रो पक्ष भनेको नयाँ पुस्ताका खेलाडी टिममाथि लागेको दाग मेटाउन प्रयासरत देखिन्थे, पुराना पुस्ताका खेलाडी पनि साथमा थिए ।
उनीहरुले खराब दिनहरुमा नयाँ पुस्तालाई कसरी लड्ने भन्ने सिकाए ।
कसरी समर्थको विश्वास जित्न सकिन्छ भनेर ज्ञान दिए ।
जतिनै ठुलो दुश्मन भएपनि कंगारु टिमको पुनरामगनबाट भारतले राम्रो पाठ सिकेको छ ।
कारण भारतमा यस्तो कहिल्यै भएको छैन ।
किनकी भारतमा पहिलो पुस्ताको खेलाडीलाई कहिल्यै इज्जत गरिएको छैन, साथ दिईएको छैन ।
नयाँ पुस्ताका केही खेलाडीले कहिल्यै सिकाउनै चाहेनन् । साथै दिएनन् ।
सन् २०१७ मा विराट कोहली र अनिल कुम्बले बीचको घटना नजर अन्दाज गर्न सकिन्न ।
डकुमेन्ट्रीले भारतीय प्रशंसकको हृदयमा अष्ट्रेलियाका लागि प्रेम जगाएको छ । डकुमेन्ट्री हेर्दै गर्दा पटक पटक आखाँमा आँसु आउछ ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो डर – विराट कोहली
यो कथाले अर्को बेग्लै कथा पनि भन्छ ।
यदि अहिलेको अष्ट्रेलियाको टिम कुनै खेलाडीसँग डराउँछ भने त्यो विराट कोहलीसँग हो ।
सिरिजमा एक किस्सा आउँछ, जब भारतको टिम अष्ट्रेलिया गएको हुन्छ ।
सन् २०१८ को समय ।
अष्ट्रेलियाको टिम पाकिस्तानको हातबाट हारेर आएको थियो ।
उनीहरु खेलमा फर्कन चाहिरहेका थिए ।
त्यही समय भारतीय टिम अष्ट्रेलिया पुग्छ ।
अनि प्रशिक्षक जस्टिन लेङ्गरको नेतृत्वको कंगारु टिम फेरी एक पटक मैदानमा उठ्ने प्रयास गर्छ । र, उनको ध्यानको केन्द्रमा सबैभन्दा धेरै भारतीय कप्तान विराट कोहली हुन्छन् ।
कोहलीको लागि अलग अलग तरिकाको योजना बनाउँछन् ।

’विराट कोहलीसँग कोहि भिड्ने छैन । कोहलीले केही बोले भने पनि शान्त रहनु, टाढै रहनु ।’
यसरी एक खेलाडीको लागि अष्ट्रेलिया टिम डराएको हेर्नु भारतीय समर्थकको लागि गर्व महसुस हुनेछ ।
क्रिकेटका पागल समर्थकको मनमा थुप्रै यस्ता प्रश्न आउँछन्, जुन सधै मनमै रहने गर्छ ।
यदि कोही खेलाडी आउट हुन्छ त डेसिङ रुममा के गर्छन् ?
म्याच सकिएपछि खेलाडीहरु के सोच्छन् ?
यदि टिममा नयाँ खेलाडी छानियो भने बाँकी खेलाडीले के सोच्छ ?
यस्तै थुप्रै प्रश्न हाम्रो मनमा उठ्ने गर्छ ।
अमेजनमा एक सिरिज आएको छ, एक डकुमेन्ट्री 'द टेष्ट’ ।
अष्ट्रेलियाको टिम बल टेम्परिङ पछि कसरी उठ्छ । र, फेरी पुरानै शैलीमा दौडिन थाल्छ, यसले एक किस्सा बोल्नेछ ।
यस डकुमेन्ट्री हेर्दा तपाईले क्रिकेटसँग जोडिएको सानो भन्दा सानो कुरा थाहा पाउन सक्नु हुन्छ ।
तपाई बालापन फेरी एक पटक फर्कनु हुनेछ, एक पटक जिउनु हुनेछ ।
तपाई एक पटक फेरी क्रिकेटलाई माया गर्न थाल्नु हुनेछ ।
एजेन्सीको सहयोगमा ।