एजेन्सी। पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएको छ ।
पाकिस्तानको लाहोरमा जारी प्रतियोगिताको सेमिफाइनलमा मुल्तान सुल्तान, पेशावर जाल्मी, कराची किङ्स र लाहोर कलन्दर्स पुगेका छन् ।
मुल्तान सुल्तान लिगको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यस्तै कराची दोस्रो, पेशावर तेस्रो तथा लाहोरले अंक तालिकाको चौथो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
लिग चरणमा मुल्तानले ८ खेलमा ५ जित सहित १२ अंक जोड्यो । दोस्रो स्थानको कराचीले ८ खेलमा ४ जित हात पर्दा ९ अंक जोड्न सफल भयो ।
यस्तै पेशावर र लाहोरले समान ९ खेलमा समान ४ जित हात पार्दै क्रमस: ९ र ८ अंक बनाएपछि सेमिफाइनलमा स्थान पक्का गरे ।
पहिलो सेमिफाइनलमा मंगलबार मुल्तान सुल्तानले पेशावर जाल्मीको सामना गर्ने छ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा कराची किङ्सले लाहोरको सामना गर्ने छ । मंगलबार बेलुका हुने खेल पौने ८ बजे सुरु हुनेछ ।