एजेन्सी । सन् २०१६ मा पाकिस्तानबाट डेब्यु गरेका बाबर आजमले छोटो समयमा ठुलो सफलता हात पारे ।
राष्ट्रिय टिममा खेल्न थालेको करिब ३ वर्ष पुग्दा नपुग्दै उनी विश्वका उत्कृष्ट ब्याट्सम्यानमा आफुलाई उभ्याएका छन् ।
पाकिस्तानका पुर्व फास्ट बलर शोएब अख्तरले बाबर आजमको खुलेर प्रशंशा गरेका छन् । अख्तरले बाबरलाई पाकिस्तानले पाएको अहिलेसम्म कै ठुलो खेलाडीको रुपमा ब्याख्या गरेका छन् ।
’जब तपाई यति सजिलो पिचमा बाबरलाई बलिङ गर्नुहुन्छ भने त्यसको नतिजा भोग्न तयार हुनुपर्छ ।’ क्रिकेट पाकिस्तानको एक च्यानललाई उद्धृत गर्दै अख्तरले भने, ’बाबर पाकिस्तान क्रिकेटको सबैभन्दा ठूलो खोज मध्यका एक हुन् ।’
बाबर आजमले पाकिस्तानबाट २६ टेष्ट, ७४ एकदिवसीय र ३८ टी ट्वान्टी खेल खेलेका छन् । उनले टेष्ट क्रिकेटमा १ हजार ८ सय ५०, एकदिवसीयमा ३ हजार ३ सय ५९ र टी ट्वान्टी मा १ हजार ४ सय ७१ रन बनाएका छन् ।
टेष्ट क्रिकेटमा बाबरले ५ शतक तथा एकदिवसीयमा ११ शतक बनाउन सफल छन् ।
यस्तै, बाबरको नाममा २२ वर्षको उमेरमा लगातर ३ शतक बनाएको कीर्तिमान समेत रहेको छ ।