एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचकाे एकदिवसीय सिरिज रद्द भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको कारण अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो ।
बिहिबार तय भएको पहिलो खेल खराब मौषमका कारण हुन सकेको थिएन ।
सिरिजका बाँकी दुई खेल लखनउ र ईडेन गार्डेनकाे बन्द रंगशालामा खेलाउने बताईएको थियो ।
तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले सरोकारवालासंग छलफल गर्दै सिरिज रद्द गर्ने निर्णय गरेको हो ।
दक्षिण अफ्रिकाको टिम अब स्वदेश फर्किने बताइएको छ ।
यस्तै, भारतमा हुने इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) समेत कोरोनाको त्रासका कारण १७ दिन पछाडी सरेको छ ।
बीसीसीआईले खराब अवस्थालाई ध्यानमा राखेर सो निर्णय लिएको जनाएको छ ।
अब आईपीएल अप्रिल १५ बाट सुरु हुनेछ । यसअघि मार्च २९ बाट आईपीएल सुरु गर्ने तयारी थियो ।