एजेन्सी । भारतीय चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को खेल दिल्लीमा आयोजना नहुने भएको छ ।
कोरोना भाइरसको त्रासको कारण दिल्लीले आईपीएलको खेल आयोजना नगर्ने दिल्लीका उपमुख्यमंत्री मनीष सिसोदियाले बताएका छन् ।
खेल हेर्न हजारौं संख्यामा रंगशाला समर्थकहरु रंगशाला पुग्ने भएका कारण दिल्लीले आईपीएल आयोजना नगर्ने भएको हो ।
यसअघि महाराष्ट्र र कर्नाटक राज्यले समेत आईपीएलको बन्द रंगशालामा गराउने निर्णय लिएको थियो ।
कोरोना भाइरसको कारण विश्वभरका खेल प्रतियोगिता प्रभावित भएको छ ।
यस्तै भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय खेलसमेत बन्द रंगशालामा हुने जनाइएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको यस सिजन बन्द रंगशालामा दर्शक बिना गराउने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् ।
यस्तै यस सिजनको आईपीएल विदेशी खेलाडी बिना हुने सम्भावना समेत बढेको छ ।
तर, बीसीसीआईले आईपीएलबारे केहि ठोस निर्णय गरेको छैन । बीसीसीआईले शनिबार मुम्बईमा फ्रेन्चाईज टिमको बैठक भने बोलाएको छ । उक्त बैठकले यस सिजनको आईपीएलबारे निर्णय गर्ने बताईएको छ ।
यस वर्षको आईपीएल मार्च २९ बाट हुने तालिका रहेको छ ।