एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बन्द रंगशालामा खेलाउने तयारी गरिएको छ ।
चीनबाट फैलिएको कोरोना भाईरसले विश्वभर महामारीको रुप लिएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको यस सिजन बन्द रंगशालामा दर्शक बिना गराउने तयारी गरेको भारतीय मिडियाले जनाएको छ ।
यस्तै यस सिजनको आईपीएल विदेशी खेलाडी बिना हुने सम्भावना समेत बढेको छ ।
तर, बीसीसीआईले आईपीएलबारे केहि ठोस निर्णय गरेको छैन । बीसीसीआईले शनिबार मुम्बईमा फ्रेन्चाईज टिमको बैठक भने बोलाएको छ । उक्त बैठकले यस सिजनको आईपीएलबारे निर्णय गर्ने बताईएको छ ।
यस वर्षको आईपीएल मार्च २९ बाट हुने तालिका रहेको छ ।