एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलको फाइनल खेल स्थगित भएको छ ।
कोरोना भाईरसले महामारीको रुपमा फैलिएपछि स्पेनिस फुटबल फेडेरेसनले अप्रिल १८ मा तय कोपा डेल रेको फाइनल स्थगित गरिएको जनाएको छ ।
यस सिजन कोपाको फाइनलमा एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुनेछ ।
कोरोनालाई मध्येनजर गर्दै स्पेनिस फुटबल फेडेरेसनले कम्तिमा दुई साता बन्द रंगशालामा खेल खेलाउने निर्णय गरिसकेको छ ।