एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आज (बुधबार) राति बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
फ्रेन्च क्लब पीएसजीले दोस्रो लेगमा जर्मन क्लब डर्टमण्डलाई घरेलु मैदानमा आथित्यता प्रदान गर्दैछ । खेल राति १:४५ बजे सुरु हुनेछ ।
पार्क डी प्रिन्सेस रंगशालामा डर्टमण्डविरुद्ध पीएसजी दबाबमा हुनेछ । पहिलो लेगमा २-१ ले पछि परेको पीएसजीलाई जितको विकल्प छैन ।
यस्तै घरेलु मैदानमा समर्थकबिना खेल्नु पर्दा पीएसजीलाई थप घाटा हुनेछ । कोरोना भाईरसको संक्रमणलाई मध्ये नजर गर्दै यस खेल बन्द रंगशालामा खेल्न लागिएको हो ।
यस्तै पीएसजीलाई मुख्य स्ट्राइकर केलीयन एमबाप्पेको अनुपस्थितिले सताउने छ । अस्वस्थ रहेका एमबाप्पेले खेल्ने नखेल्ने अझै टुंगो लागेको छैन ।
यता, डर्टमण्डलाई दोस्रो लेगमा केहि सहज हुनेछ । पीएसजीसँग बराबरी खेले डर्टमण्ड अन्तिम आठमा पुग्नेछ ।
तर, युवा फरवार्ड अर्लिङ हालाण्ड, जोर्डन सान्चोको उत्कृष्ट लयले डर्टमण्ड जितकै लागि खेल्नेछ ।