एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा इङ्लिस क्लब लिभरपुलले आज (बुधबार) राति स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।
साविक विजेता समेत रहेको लिभरपुलले दोस्रो लेगमा एट्लेटिकोलाई घरेलु मैदानमा आथित्यता प्रदान गर्दैछ । खेल राति १:४५ बजे सुरु हुनेछ ।
एनफिल्डमा लिभरपुल पुनरागमन जितसहित क्वाटरफाइनलमा पुग्न चाहन्छ । पहिलो लेगमा १-० ले पछि परेको लिभरपुललाई अर्को चरणमा पुग्न जित्नै पर्ने दबाब रहेको छ ।
लिभरपुललाई घरेलु मैदान र समर्थकको साथले केहि सहज हुनेछ । तर, स्पेनिस क्लबविरुद्ध लिभरपुललाई कठिन भने हुनेछ ।
यता, एट्लेटिकोलाई भने बराबरीले पुग्नेछ । तर, एट्लेटिको दोस्रो लेगमा पनि जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
यस्तै पाहुना टोलीलाई पहिलो लेगको जितको फाइदा रहेको छ । पहिलो लेगमा साउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण जित दिलाएका थिए ।