एजेन्सी । जोसिप इलिसिचको चार गोलको सहयोगमा एटालान्टाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा भ्यालेन्सियालाई ४–३ ले हराएको छ ।
बन्द रंगशालामा खेलाईएको खेलमा ईटालियन क्लबले स्पेनिस क्लब भ्यालेन्सियामाथि समग्रमा शानदार जित निकालेको हो ।
पहिलो लेगको खेलमा ४–१ को जित निकालेको एटालान्टा समग्रमा ८–४ को नतिजा सहित क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
खेलको तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका इलिसिचले ४३ औं मिनेटमै दोस्रो र ७१ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
उनले ८२ औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेका थिए । पछिल्ला सात खेलमा इलिसिचले २८ गोल गर्न सफल भएका छन् ।

भ्यालेन्सियाका लागि गामिरोले दुई तथा टोरेसले एक गोल गरे ।
ईटालियन क्लब पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको हो ।
कोरोना भाईरसका कारण स्पेनको बन्द रंगशालमा च्याम्पियन्स लिगको खेल सञ्चालन गरिएको थियो ।