एजेन्सी । युरोपा लिग फुटबलको अन्तिम १६ अन्तर्गत इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र अष्ट्रियन क्लब एलएएसकेबीचको पहिलो लेग खेल बन्द रंगशालामा खेलिने भएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै अष्ट्रिया सरकारसँगको छलफलपछि एलएएसकेले घरेलु मैदानमा हुने पहिलो लेग दर्शक बिना खेल्ने निर्णय गरेको हो ।
युनाइटेड र एलएएसकेबीचको खेल बिहिबार राति हुनेछ ।
युरोपा लिग अन्तर्गत नै वुल्भ्स र ओलम्पिकाओस तथा सेभिया र रोमाबीचको खेल पनि बन्द रंगशालामा हुनेछ ।
यस्तै च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र नापोली, पीएसजी र बोरुसिया डर्टमण्ड लगायतका खेल समेत बन्द रंगशालामा हुनेछ ।