काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगिताको समुह चरणको खेल सकिएको छ ।
समुह चरणको खेल सकिएसंगै सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको छ ।
मंगलबार भएको समुह चरणको खेलमा न्यु भिजन क्लब र बालुवाटार क्रिकेट क्रिकेट क्लबले सेमिफाइनलमा स्थान बनेका छन् ।
न्यु भिजनले नेक्सस क्रिकेट एकेडेमीलाई तथा बालुवाटारले केसीटीसीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
मुलपानीमा भएको पहिलो खेलमा न्यु भिजनले नेक्सस क्रिकेट एकेडेमीलाई २ विकेट पराजित गर्यो ।
नेक्ससले दिएको १ सय २६ रनको लक्ष्य पछाएको न्यु भिजनले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा लक्ष्मण चौधरीले सर्वाधिक २४ रन बनाए ।
खेलमा १५ रन बनेर २ विकेट लिएका शम्सेर चन्द प्लेअर अफ द म्याच घोषित भए ।
यस्तै रोमाञ्चक बनेको दोस्रो खेलमा बालुवाटारले ४ केसीटीसीलाई पराजित गर्यो ।
बालुवाटारले दिएको १ सय १ रनको लक्ष्य पछाएको केसीटीसी २४ ओभर ३ बलमा ९६ रनमा अलआउट भयो । उसका मेहोल श्रेष्ठले सर्वाधिक २५ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
बालुवाटारका लागि सुबास खकुरेलले सर्वाधिक २५ रन बनाए । यस्तै, २ ओभरमा २ रन दिएर २ विकेट लिदै बालुवाटारलाई जित दिलाउन मुख्य भूमिका खेलेका अभिनास बस्याल प्लेअर अफ द म्याच घोषित भए ।
सेमिफाइनल खेल बुधबार हुने छ ।
पहिलो सेमिफाइनलमा महाबिर क्रिकेट क्लब र न्यु भिजन भिड्नेछन् । यस्तै, दोस्रो सेमिफाइनलमा बालुवाटार र हिमालयन क्रिकेट एकेडेमी खेल्नेछन् ।