एजेन्सी । स्पेनका दुई शीर्ष डिभिजनका फुटबल खेल बन्द रंगशालामा सञ्चालन गरिने भएको छ ।
विश्वमा फैलदो कोरोना भाईरसका कारण ला लिगा सहितका खेलहरु कम्तिमा दुई साता बन्द रंगशालामा हुने भएका हुन् ।
च्याम्पियन्स लिग अन्तर्गत मार्च १८ मा हुने बार्सिलोना र नापोलीबीचको खेल समेत नाउ क्याम्पको बन्द रंगशालामा हुने भएको छ ।
'स्वास्थ्यको कारणले यो कडा निर्णय गरिएको हो ।' क्याटोलोनियाको स्वास्थ्य विभाग प्रमुख जोन गुईक्सले भनेका छन् ।

युरोपेली क्लब फुटबलमा दोस्रो पटक बन्द रंगशालामा खेल सञ्चालन गर्ने निर्णय भएको हो ।
यसअघि, ईटालीमा समेत कोरोना भाईरसका कारण बन्द रंगशालामा खेल खेलाउने निर्णय भएको थियो । तर बढ्दो संक्रमणले ईटालीले करिब एक महिना खेलकुद गतिविधि बन्द गर्ने निर्णय लिएको छ ।
कोरोनाको प्रभाव युरोपेली फुटबलमा समेत देखिएको छ । संक्रमणकै कारण धेरै खेल प्रतियोगिताहरु बन्द रंगशालामा गर्ने निर्णय भएको छ ।
घरेलु लिगसंगै च्याम्पियन्स लिग र युरोपा लिगका खेल समेत दर्शक विहिन सञ्चालन गरिने भएको छ ।