काठमाडौं । बाँसबारी क्लब सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा रानी पोखरी कर्नर टिम आरसिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै बाँसबारी दोस्रो स्थानमा उक्लिएको हो ।
लिगमा लगातार चौंथो जित निकाल्ने क्रममा बाँसबारीका लागि अमृत गुरुङ र सजिन थापा मगरले एक एक गोल गरे । आरसिटीका लागि सिशस थापाले सान्त्वना गोल फर्काए ।

खेलम सुरुवाती अग्रता भने आरसिटीले बनाएको थियो । खेलको २४ औं मिनेटमा मिनेटमा सिशसले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बाँसबारीले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ५१ औं अमृतले डिबक्स भित्रबाट गोल गर्दै बाँसबारीलाई खेलमा फर्काए । त्यसपछि खेलको ७६ औं मिनेटमा सजिनले डिबक्स भित्रबाट २ डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोल गरेर बाँसबारीलाई २-१ को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा सुरेश कुमालले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि बाँसबारी १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै बाँसबारीले ४ खेलमा ११ अंक जोडेको छ । आरसिटीले ४ खेलमा २ अंक जोडेको छ ।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।