एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बार्सिलोना र नापोलीबीचको दोस्रो लेग खेल बन्द रंगशालामा खेलिने भएको छ ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण बार्सिलोना र नापोलीबीचको खेल दर्शकबिना खेलिने भएको हो ।
बार्सिलोनाको घरेलु मैदानमा दुई टोलीबीचको खेल मार्च १८ मा हुनेछ । दुई टोलीबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत नै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ) र जर्मन क्लब बोरुसिया डर्टमण्डबीचको खेल बन्द रंगशालामा हुनेछ ।
त्यस्तै भ्यालेन्सिया र एट्लान्टाको खेल समेत दर्शकबिना खेलिने छ ।