एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा टोटनहमले मंगलबार राति आरबी लिपजिगको सामना गर्दैछ ।
जर्मन क्लब लिपजिगको घरेलु मैदानमा हुने दोस्रो खेल राति १:४५ बजे सुरु हुनेछ ।
लिपजिगको भ्रमणमा निस्कदा इङ्लिस क्लब टोटनहम दबाबमा हुनेछ । किनकि घरेलु लेग १-० ले गुमाएको टोटनहमलाई अन्तिम आठमा पुग्न जितको विकल्प छैन ।
टोटनहम घरेलु टोलीलाई हराएर अन्तिम आठको यात्रा तय गर्न चाहन्छ । तर, पहिलो लेगमा पछि परेको टोटनहमलाई निकै कठिन रहेको छ ।
यस्तै मुख्य खेलाडी चोटका कारण टिममा नहुँदा टोटनहमलाई थप दबाब बढेको छ । कप्तान ह्यारी केन, सन ह्युङ मिन, हालै अनुबन्ध भएका विंगर स्टेभेन बेर्गविजनको चोटले टोटनहमलाई समस्यामा पारेको छ ।
घरेलु टोलीलाई भने बराबरीले अन्तिम आठको यात्रा तय हुनेछ । तर, लिपजिग जितसहित अन्तिम आठमा पुग्न चाहन्छ ।
यस्तै अर्को खेलमा स्पेनिस क्लब भ्यालेन्सिया र इटालियन क्लब एट्लान्टाबीच खेल हुनेछ । खेल भ्यालेन्सियाको मैदानमा हुनेछ ।
पहिलो लेगमा एट्लान्टाले ४-१ को अग्रता बनाएको छ । पाहुना टोली दोस्रो लेगमा समेत त्यहिँ नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ ।