एजेन्सी । जेमी भार्डीको दुई गोलको सहयोगमा लेस्टर सिटीले एस्टन भिल्लामाथि प्रभावशाली जित निकालेको छ ।
सोमबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
लेस्टरको जितमा भार्डी र हार्वे बान्र्सले समान २–२ गोल गरे ।
बान्र्सले ४० औ मिनेटमा घरेलु टोली लेस्टरलाई खेलमा अगाडी बढाएका थिए । एस्टनका गोलकिपर पेप रैना डिबक्स बाहिर आएको मौकाको फाईदा उठाउँदै उनले गोल गरेका थिए ।
६३ औ मिनेटमा पेनाल्टीमार्फत भार्डीले लेस्टरको अग्रता दोब्बर बनाए ।
७९ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाएका थिए । बान्र्सले ८५ औ मिनेटमा गोल गर्दै लेस्टरलाई प्रभावशाल जित दिलाए ।
प्रिमियर लिगका पछिल्ला ८ खेलमा लेस्टरले दुई खेलमा जित निकालेको छ । उसले पछिल्ला चार खेलमा मात्र दुई अंक बटुलेको थियो ।
जितसंगै लेस्टरले शीर्ष चारको दौडमा आफुलाई बलियो बनाएको छ । तेस्रो स्थानको लेस्टरले ५३ अंक जोडेको छ । एस्टन भिल्ला २५ अंक सहित रेलिगेशन जोनमा छ ।