एजेन्सी । अष्ट्रेलियामा सम्पन्न आईसीसी महिला टी-ट्वान्टी महिला विश्वकप क्रिकेटको टिम अफ दि टुर्नामेन्ट सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार अष्ट्रेलियाकि मेघ लानिङको कप्तानीमा टिम अफ दि टुर्नामेन्ट सार्वजनिक गरेको हो ।
टिममा सर्वाधिक धेरै खेलाडी च्याम्पियन टिम अष्ट्रेलियाका परेका छन् । अष्ट्रेलियाबाट पाँच खेलाडी अटाएका छन् ।
अष्ट्रेलियाका एस्ले हेली, बेथ मोनी, मेघ लानिङ, जेस जोनासेन र मेघन स्चुट रहेकी छिन्।
इंग्ल्यान्डबाट नाट सेभर, हेथर नाइट, सोफी र अन्या श्रुब्सोल गरि चार खेलाडी अटाएका छन् ।
यस्तै दक्षिण अफ्रिकाबाट लौरा वोल्वार्दट र भारतबाट पुनम यादव टिममा परेकी छिन् । टिमको १२ औं खेलाडीको रुपमा भारतकी शाफली भेर्मा परेकी छिन् ।
मेलबर्नमा आइतबार भएको फाइनलमा भारतलाई ८५ रनले हराएर अष्ट्रेलियाले उपाधि जितेको थियो ।