वायर्नको जितमा मुलर र गोर्टेज्काको गोल
२०२० मार्च ८, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर वायर्न म्युनिखले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा वायर्नले अग्स्बर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको वायर्नले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ५३ औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै वायर्नलाई २-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानको वायर्नले २५ खेलबाट ५५ अंक जोडेको छ । २७ अंक जोडेको अग्स्बर्ग १४ औं स्थानमा रहेको छ ।