काठमाडौं । महावीर क्रिकेट क्लब काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको समुह 'सी' को अन्तिम खेलमा ओसिस क्रिकेट एकेडेमीलाई ८० रनले पराजित गर्दै महावीर सेमिफाइनलमा प्रवेश गरेको हो ।
मुलपानीमा १ सय ६३ रनको लक्ष्य पछाएको ओसिस १८ ओभर ५ बलमा ८२ रन बनाउँदा अलआउट भयो । उसको आसिस भट्टराई र स्वरूप श्रेष्ठले समान १५/१५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
ओसिसिलाई सस्तैमा समेट्न महावीरका सम्यम केसी र जितेन्द्र सिंह ठकुरीले समान ३/३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महावीरले २२ ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका बिभत्सु थापाले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रकाश बिष्ट ५० रनको इनिङ्स खेल्दा रबिन जोशीले इनिङ्स २६ रन बनाए ।
ओसीसका आनन्दु काफ्ले, सन्देश कार्की र आयुस बानियाले समान १/१ विकेट लिए ।
जितसंगै महावीर समूह 'सी' को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै आइतबार भएको दोस्रो खेलमा हिमालय क्रिकेट एकेडेमीले जित हात पारेको छ । रोमाञ्चक खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १ विकेटले पराजित गर्दै हिमालयनले जित हात पारेको हो ।