एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आईसीसी) ले महिला क्रिकेट विकासका लागि '१००% क्रिकेट' अभियानको सुरुवात गरेको छ ।
आईसीसीले विश्व महिला दिवसको अवसर बनाएर आइतबारबाट यस अभियानको सुरुवात गरेको हो । १२ महिनासम्म चल्ने यस अभियानले महिला क्रिकेटको प्रवर्द्धन गर्नेछ ।
आईसीसीले यस अभियानपछि अर्को वर्षसम्म विश्वमा १ मिलियन महिलालाई क्रिकेट खेलमा आबद्द गराउने लक्ष्य लिएको छ ।
अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकपको फाइनल अघि यस अभियानको सुरुवात गरिएको हो ।

आईसीसीका प्रमुख कार्यकारी मानु सहेनीले महिला क्रिकेट पनि पुरुषकै तुलनामा लैजाने योजनासहित अभियानको थालनी गरेको बताएका छन् ।
यस अभियानले आईसीसीका विभिन्न सदस्य राष्ट्रहरुमा महिला क्रिकेट विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ ।