एजेन्सी । पाहुना टिम अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ ।
शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
अष्ट्रेलियाले दिएको २ सय ५५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा जेजे स्मुट्सले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा हेन्रिच क्लासेनले अविजित ६८ रन बनाए । यस्तै केली भेरिनेले ५० रन बनाए । कप्तान क्विनटन डी ककले २६ तथा जन्नीमन मालनले २३ रन बनाए ।
अष्ट्रेलियाका जोश हाजलउडले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । अष्ट्रेलियाका मार्नुसले १ सय ८ रनको शतकीय इनिङ्स खेले । यस्तै म्याथ्यु सर्टले ३६ रन जोड्दा मिचेल मार्शले ३२ रन बनाए ।
दक्षिण अफ्रिकाका एन्रीच नोर्टेज र जेजे स्मुट्सले २/२ विकेट लिए ।
यस अघि पहिलो खेलमा दक्षिण अफ्रिकाले ७४ रन तथा दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।