काठमाडौं । एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा सहभागी भएर राष्ट्रिय क्रिकेट टिम स्वेश फर्किएको छ ।
थाईल्याण्डमा भएको प्रतियोगिता सकेर नेपाली टिम शनिबार दिउँसो स्वदेश फर्किएको हो ।
उपाधि जित्ने लक्ष्य सहित थाईल्याण्ड गएको नेपाली टिमले खराब प्रर्दशन गरेको थियो । खराब नतिजासंगै नेपाल एसिया छनोटमा पुग्न असफल रह्यो ।
प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोट खेल्ने प्रवाधान रहेको थियो ।
नेपालले ४ खेलमा ३ अंक जोडेको थियो । नेपाल थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो । अन्तिम खेलमा वर्षाको कारण रद्द हुँदा नेपालले सिंगापुरसँग १-१ अंक बाडेको थियो ।
प्रतियोगिताबाट सिंगापुर च्याम्पियन र हङकङ दोस्रो हुँदै एसिया कपमा छनोट भएको थियो ।