काठमाडौं । नयाँ बस्ती युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार झम्सिखेल युथ क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै नयाँ बस्तीले पहिलो जित निकालेको हो ।
नयाँ बस्तीको जितमा सचु गुरुङले ह्याट्रिक गरे । यस्तै सुमन युङ्गा र साजन राईले एक एक गोल गरे ।
झम्सिखेलका मदन स्याङ्तानले एक गोल फर्काए ।
जितसँगै नयाँ बस्तीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा नयाँ बस्ती सातदोबाटो युथ क्लबसँग २-० गोल अन्तरले पराजित भएको थियो ।
झम्सिखेलले २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा झम्सिखेल आरसीटिसँग बराबरीमा रोकिएको थियो ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।