एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज राति बार्सिलोनाले इटालियन क्लब नापोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
नापोलीको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलको यात्रा सहज बनाउन चाहन्छ ।
बलियो टिम बार्सिलोना नापोलीलाई उसैको मैदानमा हराउने लक्ष्यसहित मैदान उत्रने छ । तर, बार्सिलोना घरेलु टोलीसँग केहि सतर्क हुनेछ ।
बार्सिलोनालाई चोटका कारण टिम बाहिर रहेका लुइस स्वारेज, ओसुमाने डेम्बेले जस्ता खेलाडीको अभाव भने हुनेछ ।
यता, घरेलु समर्थकको साथ पाउने नापोली त्यसको फाइदा उठाउन चाहन्छ । नापोली पहिलो लेग जित्दै बार्सिलोनाको मैदानमा हुने दोस्रो लेग केहि सहज बनाउन चाहन्छ ।
दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । त्यसैले एक खेललाई निकै महत्वपूर्ण खेलको रुपमा हेरिएको छ ।
बार्सिलोना पछिल्लो १२ सिजनबाट च्याम्पियन्स लिगको नकआउट चरण खेल्दै आइरहेको छ । नापोली भने पछिल्लो ६ सिजनमा तेस्रो पटक नकआउट चरण खेल्न लागेको हो ।
च्याम्पियन्स लिग अन्तर्गत नै इन्ग्लिश क्लब चेल्सीले घरेलु मैदानमा जर्मन क्लब वायर्न म्युनिखसँग खेल्नेछ । खेल राति १:४५ बजे नै सुरु हुनेछ ।
दुवै टिम पहिलो लेग जित्दै क्वाटरफाइनलको यात्रा केहि सहज बनाउन चाहन्छ ।