पुलिस सेमिफाइनलमा
शुक्रबार, ०९ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राइनो गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नवलपुरमा शुक्रबार भएको क्वाटरफाइनलमा हेटौडाको विजय युथ एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।
पुलिसको जितमा निर कुमार राई, रवी पासवान र वुद्ध बल तामाङले एक एक गोल गरे । विजय युथका हाजमतले पेनाल्टीमा एक गोल फर्काए ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।










-1765539955299.jpeg&w=3840&q=75)

