• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एसियन गेम्सकालागि ७ करोड खर्च, धेरै पदकको आशा
खेलपाटी संवाददाता
बुधबार, साउन ३०, २०७५ खेलपाटी संवाददाता
एसियन गेम्सकालागि ७ करोड खर्च, धेरै पदकको आशा

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं संस्करणको एसियन गेम्सको लागि ७ करोड खर्च हुने भएको छ । एसियन गेम्सको लागि खेलाडी तयारी र सहभागिता बापत ७ करोड खर्च हुने भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार एक पत्रकार सम्मेलन गर्दै एसियन गेम्सको लागि ७ करोड खर्च भएको जनाएको हो । राखेपले खेलाडीको बैदेशिक प्रशिक्षण, प्रतियोगिताको दौरान लाग्ने खर्च लगायत गरेर ७ करोड लाग्ने बताएको हो । जसमध्ये ५ करोड सरकारले उपलब्ध गराउने राखेपले जनाएको छ । विशेष तयारीको लागि राखेपले १९ खेललाई बैदेशिक प्रशिक्षणमा पठाएको थियो ।

यहिँ भदौ २ गतेबाट १७ गतेसम्म संचालन हुने एसियन गेम्समा नेपालबाट २९ खेलले सहभागिता जनाउदै छ । एसियन गेम्स अन्तर्गत पुरुष फुटबल लगायतका केहि खेल भने सुरु भईसकेको छ । पुरुष फुटबलको पहिलो खेलमा नेपाल जापानसंग १ – ० ले पराजित भएको छ ।

राखेपले एसियन गेम्समा २९ खेलबाट खेलाडी, प्रशिक्षक, ब्यवस्थापक, अफिसियल गरी २ सय ८५ जनाले सहभागिता जनाउने समेत पत्रकार सम्मेलनबाट जनाएको छ । जसमा १ सय ८५ खेलाडीले विभिन्न स्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै छन् ।

नेपालबाट १ सय २९ पुरुष र ५६ महिला खेलाडी इन्डोनेसिया जानेछन् । त्यस्तै ४८ प्रशिक्षक, २४ ब्यवस्थापक, २७ अफिसियल र १ दोभाषे इन्डोनेसिया जानेछन् । विगतको तुलनामा नेपालले यो पटक धेरै खेलाडीलाई एसियन गेम्समा पठाएको हो । नेपालमा आयोजना हुने १३ औं साग गेम्सलाई मध्यनजर गर्दै राखेपले बढी खेलाडी सहभागी गराएको हो ।

इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा हुने एसियन गेम्समा भने नेपालले धेरै पदकको आशा गरेको छ । राखेपका सदस्य सचिब केशव कुमार विष्टले एसियन गेम्सको लागि तयारी विगतको भन्दा राम्रो भएको कारण पदकको संख्या बढ्ने बताए ।

पत्रकार सम्मलेनमा सदस्य सचिब  बिष्टले भने, 'तयारी विगतको भन्दा राम्रो भएको छ । यो पटक हामीले धेरै पदक जित्ने छौं । यसको यथार्थ फुटबलले देखाइसकेको छ ।'

एसियन गेम्समा नेपालले अहिलेसम्म कुल २३ पदक जितेको छ । जसमा एक रजत र अन्य कास्य पदक रहेको छ ।

नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ । नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ ।

यी खेल मध्ये लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्ड पालेम्वाङमा हुनेछ भने बाँकी जकार्तामा हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP