• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
समर्थकले जितेको सिरिज !
विश्वास थापा
शुक्रबार, फागुन २, २०७६ विश्वास थापा
समर्थकले जितेको सिरिज !

काठमाडौं । हातमा नेपालको झण्डा, हुटिङमा 'युएसए' ।

यो दृश्य विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालको पहिलो सिरिजको अन्तिम खेलको हो ।

सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै थिए ।

६ ओभर १ बलमा २३ रन बनाएर २ विकेट गुमाएको अमेरिकाले थप १२ रन जोड्न सबै विकेट गुमाएको थियो ।

अमेरिकाले ३५ रन बनाउँदा एकदिवसीय अन्तराष्ट्रियमा सबै भन्दा कम स्कोर बनाउने जिम्बाबेसंग बराबरी गर्यो ।

अमेरिकाको इनिङ्स ध्वस्त बनाउन नेपालका स्पिनरले मुख्य भुमिका खेले । सन्दीप लामिछाने ६ र सुशन भारीले ४ विकेट लिएपछि पहिलो इनिङ्स १२ ओभरमा सकिएको थियो ।

३६ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा नेपालको ओपनिङ जोडी मैदान छिर्दै गर्दा घरेलु समर्थक नेपालको नभएर अमेरिकाको समर्थन गर्दै थिए ।

'युएसए, युएसए'

दर्शकदिर्घाबाट सुनिन्थ्यो ।

अमेरिकाका खेलाडीनै अचम्ममा थिए ।

अझ नेपालको विकेट जाँदा समेत नेपाली समर्थक अमेरिकालाई समर्थन गर्दै थिए ।

यस्तो दृश्य विरलै देखिन्छ ।

करिब २–३ सय समर्थकले अमेरिकाको समर्थन गर्दै थिए ।

सायद खेल चाँडै सकिने डर वा अमेरिकालाई चाँडै निरास नबनाउने समर्थकको आशय थियो ।

नत्र नेपालको जर्सी, झण्डा बोकेका समर्थकले अमेरिकालाई किन समर्थन गर्थे र ?

नेपाली समर्थकको पहिचान यस्तै छ । आफ्नो मात्र नभएर समर्थक सबैको भलो चाहन्छ ।

खेलपछि अमेरिकाका केहि खेलाडीले नेपाली समर्थकलाई आफ्नो जर्सी मायाको चिनो स्वरूप दिए ।

चार खेलको सिरिजमा नेपाल २ खेलमा जित निकाल्दा २ मा हार व्यहोर्यो ।

नेपालले ओमानसंग दुवै खेल हार्दा अमेरिकालाई पराजित गर्यो ।

अपराजित रहेको ओमानले सिरिजमा क्लिन स्विप गर्यो ।

ओमान लिगको शीर्ष स्थानमा उक्लिन सफल भयो ।

खेलमा नेपालले सोचे अनुरुप प्रदर्शन गर्न सकेन । तर समर्थकले सिरिज अवधिभर खेलाडीलाई साथ दिईरहे ।

सबै खेलमा खेलाडीलाई हौसला बढाउन सक्दो कोशिस गरे ।

ओमानविरुद्धको दुवै खेलमा नेपाली खेलाडी जम्न सकेनन् ।

लाग्थ्यो, उनीहरु ओमानी खेलाडीसंग आत्मसमर्पण गरिरहेका थिए । ओमानबिरुद्व कुनैपनि समय नेपाल हाबी देखिएन ।

अमेरिकाविरुद्ध भने नेपाल दुवै खेलमा प्रभावशाली देखियो । सिरिज सुरु हुनु अघि लिगको शीर्ष स्थानमा रहेको अमेरिकाले सिरिजमा चारै खेल गुमायो ।



अपराजित ओमानले शीर्ष स्थानमा कब्जा जमायो तर सिरिज नेपाली समर्थले जितेको आभास दिए ।

समर्थकले नेपालको मात्र नभएर पाहुना राष्ट्र ओमान र अमेरिकालाई समेत राम्रो समर्थन गरे ।

समर्थकको स्वभाव र समर्थन देखेर पाहुना देशका खेलाडी निकै प्रभावित भएका थिए ।

सिरिजमा नेपालले खेलेको चारै खेलमा मैदान भरिनै देखिन्थ्यो । नेपालले नखेल्ने दिन मैदानमा दर्शक कम देखिन्थे ।

ओमान र अमेरिकी क्रिकेटमा समर्थक बिरलै भेटिने गर्छन् ।

उनीहरुले घरेलु भूमिमा खेल्ने अन्तराष्ट्रिय खेलमा समेत सायदै समर्थक आउने गर्छन् । तर नेपालमा देखिने चित्र फरक छ, नेपालको खेल हेर्न समर्थक जहाँ पनि पुग्ने गरेका छन् ।

ओमान र अमेरिकाका खेलाडीले आफ्नो खेलमा सायदै यत्तिको समर्थकको भिड देखेका थिए ।

उनीहरु हरेक खेलमा नेपाली समर्थकको प्रशंसा गरेर थाकेनन् ।

’यस्तो अचम्मको दर्शक अहिलेसम्म देखेको थिएनौ ।’ नेपालसंगको दोस्रो खेलपछि ओमानका अकिब इलासले भने, 'जीवनमा मैले देखेको सबै भन्दा राम्रो क्षण नै यहि हो ।'

नेपालले सिरिजका दौरान पाएको दर्शकको साथ कतिपय टेष्ट खेल्ने राष्ट्रले समेत पाउदैनन् । त्यसैले त कतिपय एसोसियटदेखि टेष्ट राष्ट्र सम्मका खेलाडी नेपालमा आएर खेल्न उत्साहित हुन्छन् ।
नेपाली समर्थक अन्य राष्ट्रको भन्दा फरक छन् ।

नेपालको मात्र नभएर राम्रो खेलको खण्डमा विपक्षी टिमलाई समेत साथ दिने गर्छन् ।

नेपालविरुद्ध सय रन पुरा गरेपछि ब्याटिङ अलराउन्डर अकिबले नेपाली समर्थकलाई आफ्नो शतक समर्पित गरेका थिए ।

'उनीहरुले (समर्थक) टिमलाई समर्थन गर्ने तरिका र राम्रो खेलेपछी गर्ने व्यवहार सबै भन्दा राम्रो कुरा हो ।’ अकिबले थपे, 'मलाई थाहा छैन अब म नेपाल कहिले आउने छु, त्यसैले मैले उनीहरुको लागि शतक समर्पित गरे ।’

खेल सकिएपछि अकिबले नेपाली समर्थकसँग फोटो खिच्दै आफ्नो आउटर जर्सी समेत मायाको चिनो स्वरुप समर्थकलाई दिएका थिए ।

ओमानका विकेटकिपर ब्याट्सम्यान सुरज कुमारलाई त नेपाली समर्थकले निकै रुचाएका थिए ।

सुरजका आमा बुवा नेपालका हुन् । उनी भारतमा जन्मिए । सुरज राम्रोसंग नेपाली बोल्छन् ।

नेपालविरुद्ध ब्याटिङमा उत्रँदा होस् वा खेल सुरु हुनुअघि अभ्यास गर्दा, समर्थकहरु उनकै नामले सम्बोधन गर्थे ।

'समर्थकले दुवै टिमलाई समर्थन गरेको देख्दा खुसी लाग्यो । थुप्रै देशमा यस्तो हुँदैन तर नेपाली समर्थकले दुवै टिमको समर्थन गरेको देख्दा कदर गर्छौं ।’ ओमानका अर्का खेलाडी मोहमद नदीमले समर्थकलाई धन्यवाद दिंदै भने ।

अमेरिकाका खेलाडी तथा प्रशिक्षक समेत नेपालविरुद्ध मैदान उत्रन आतुर थिए । उनीहरुसंग थोरै डर, धेरै उत्साह थियो ।

एक दशकअघि नेपाल आएको अमेरिकाले समर्थक माझ कमै खेल्ने अवसर पायो ।

उनीहरुका १–२ खेलाडी बाहेक अन्यकोे समर्थक माझ खेल्ने बानी समेत परेको थिएन ।

'खेलाडीहरु यति धेरै समर्थकमाझ खेल्न उत्साहित छन् । मैदान बाहिर भन्दा रिङ (बाउन्ड्री लाईन) भित्र खेल्न सिकाउने मेरो काम हो,’ नेपालसंगको पहिलो खेलअघि अमेरिकाका प्रशिक्षक जेम्सले भनेका थिए, 'रष्टि थेरनले आईपीएल र बिग बासमा क्याम्रन स्टेभिन्सनले बाहेक अन्य खेलाडीले धेरै दर्शक बीचमा खेलेका छैनन् । उनीहरुलाई मजा लिँदै खेल्न हौसला दिनेछु ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP