• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
ढोरपाटन भलिबलको १५ वर्ष : कुन कुन टिम च्याम्पियन ?
गिता राई
बिहीबार, फागुन १, २०७६ गिता राई
ढोरपाटन भलिबलको १५ वर्ष : कुन कुन टिम च्याम्पियन ?

काठमाडौं । नेपालमा महिला भलिबल प्रतियोगिता भन्ने बित्तिकै ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको नाम अगाडी आउने गर्दछ ।

ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिताले नेपाली महिला भलिबललाई एक उचाईमा समेत पुर्राएको छ ।

नेपाली महिला भलिबलको उडानमा ढोरपाटन महिला भलिबल लिग संधै एक सहयात्रीको रुपमा रह्यो ।

नेपाली महिला भलिबल टिमले गत मंसिरमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता पाएको थियो ।

घरेलु भूमिमा सम्पन्न १३ औं सागमा महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो । महिला टोलीले पाएको यो सफलताको केहि श्रेय ढोरपाटन महिला लिगलाई समेत जान्छ ।

Image may contain: 10 people, text

ढोरपाटन महिला लिग सुरु भएको एक दशक बितिसकेको छ । बुधबार मात्र प्रतियोगिताको १५ औं संस्करण सकिएको थियो ।

प्रतियोगिता जति पुरानो हुँदै गईरहेको छ यसको लोकप्रियता समेत बढ्दै गएको छ ।

प्रतियोगिताको १५ औं संस्करणसम्म एपीएफ क्लबले सर्वाधिक ७ पटक उपाधि जितेको छ । यस्तै पोखराको ज्ञानुबाबा स्कुलले पाँच पटक उपाधि जितेको छ । यस्तै रिड मोडल स्कुल र नेपाल पुलिस क्लबले एक एक पटक उपाधि जितेको छ ।

Image may contain: 5 people, people standing

ढोरपाटन क्लबले १५ औं संस्करणसम्म आईपुग्दा पुरस्कारलाई पनि वृद्धि गर्दै गईरहेको छ । हालसम्म क्लबले खेलाडीको व्यक्तिगत विधातर्फ ३६ वटा स्कुटर र ३ तोला सुन खेलाडीलाई बाडिसकेको छ । यस्तै दर्शकहरुलाई भलिबलमा आकर्षण गर्ने हेतुले लक्की ड्रबाट २ थान बाईक र २ वटा स्कुटर बाडेको छ ।

ढोरपाटन स्पोर्ट्स क्लबले वि.सं २०६२ सालबाट प्रतियोगिताको सुरुवात गरेको थियो । तर, पहिलो पटक पुरुषको प्रतियोगिता आयोजना गरेको थियो ।

टुँडिखेलमा सञ्चालन प्रतियोगिताको विजेता त्रिभुवन आर्मी भएको थियो र टिमले ४० हजार पाएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी कृष्ण शेरचन भएका थिए र उनले पल्सर बाईक पाएका थिए ।

तर, पहिलो संस्करणमा विभिन्न कठिनाई भोगेको ढोरपाटनले दोस्रो संस्करण भने महिलाको गर्ने निधो गर्यो र सफल पनि भयो ।

वि.सं २०६३ सालमा पहिलो पटक महिला भलिबल प्रतियोगिता भयो । त्यस संस्करणमा ज्ञानुबाबा च्याम्पियन बन्दै नगद ५० हजार पाएको थियो । यस्तै उत्कृष्ट खेलाडी सिपोरा गुरुङ घोषित भएकी थिईन् र उनले नगद ८ हजार पाएकी थिइन् ।

२०६४ सालमा ज्ञानुबाबा नै च्याम्पियन बनेको थियो र ६० हजार पाएको थियो । प्रतियोगितामा मञ्जु गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदै एक तोला सुन पाएकी थिईन् ।

यस्तै २०६५ को संकरणमा पनि ज्ञानुबाबाले उपाधि जित्दै ह्याट्रिक गरेको थियो । त्यस संकरणमा ज्ञानुबाबाले १ लाख ३० हजार हात पारेको थियो । उत्कृष्ट खेलाडी हुँदै सिपोरा गुरुङले एक तोला सुन पाएकी थिईन् ।

वि.सं २०६६ सालमा ज्ञानुबाबाले नै उपाधि जितेर २ लाख २ हजार पाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा परीक्षा गुरुङ घोषित भईन् र उनले एक तोला सुन हात पारिन् ।

त्यसपछि २०६७ सालमा ज्ञानुबाबाले अन्तिम पटक उपाधि जित्दै २ लाख १५ हजार पाएको थियो । त्यस संकरणमा उत्कृष्ट खेलाडी रमिला तण्डुकार भएकी थिइन् र अन्ना लिफान स्कुटर पाएकी थिइन् । यस्तै वर्ष खेलाडीमा परीक्षा गुरुङ घोषित भईन् र उनले एटीभीएस स्कुटर पाएकी थिईन् ।

Image may contain: 3 people, people standing

वि.सं २०६८ सालमा भने ढोरपाटनले नयाँ च्याम्पियन पाएको थियो । उपाधिमा नेपाल पुलिस क्लबले बाजी मारेको थियो । उपाधिसँगै पुलिसले २ लाख २० हजार पाएको थियो । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीमा रमिला तण्डुकार, सर्वाेत्कृष्ट खेलाडीमा मञ्जु गुरुङ र वर्ष खेलाडीमा चुडा खड्का घोषित भएकी थिइन् । उनीहरुले टीभीएस स्कुटर पाएका थिए ।

यस्तै, वि.सं २०६९ सालमा एपीएफ ढोरपाटन महिला भलिबलको नयाँ च्याम्पियन बन्यो र नगद २ लाख २५ हजार हात पारेको थियो । यस संस्करणमा उत्कृष्ट खेलाडीमा सरस्वती चौधरी, उदयमान खेलाडीमा कमला पुन र वर्ष खेलाडीमा निता शाह चुनिए । उनीहरुले टीभीएस स्कुटर पाएका थिए ।

वि.सं २०७० सालमा एपीएफ च्याम्पियन हुँदै २ लाख ५१ हजार हात पारेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा अरुणा शाही, उदयमान खेलाडीमा प्रतिभा माली र वर्ष खेलाडीमा बिनिता बुढाथोकी चुनिएका थिए । उनीहरुले टीभीएस स्कुटर पाएका थिए ।

यसैगरी २०७१ मा पनि च्याम्पियन बनेको एपीएफले नगद २ लाख ५५ हजार हात पार्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा प्रतिभा माली, उदयमान खेलाडीमा मनिषा चौधरी, वर्ष खेलाडीमा कोपिला उप्रेती र सर्वाेत्कृष्ट खेलाडीमा रेश्मा भण्डारी चुनिदै टीभीएस स्कुटर हात पारेका थिए ।

वि.सं २०७२ मा पनि एपीएफले च्याम्पियन बन्दै २ लाख ६० हजार पायो । उत्कृष्ट खेलाडीमा कमला पुन, उदयमान खेलाडीमा ललिता नाथ, वर्ष खेलाडीमा नेबिका चौधरी र सर्वाेत्कृष्ट खेलाडीमा मञ्जु गुरुङ घोषित भएका थिए । उनीहरु सबैले टीभीएस स्कुटर पाए ।

वि.सं २०७३ सालमा भने भारतीय खेलाडीले भरीभराउ रिड मोडल कलेज च्याम्पियन बन्यो । रिडले ३ लाख २० हजार हात पारेको थियो । उक्त संस्करणमा उत्कृष्ट खेलाडीमा हाल भारतीय राष्ट्रिय टिमकी कप्तान मिनिमोल, उदयमान खेलाडीमा तारा भण्डारी, वर्ष खेलाडीमा सरस्वती चौधरी, सर्वाेत्कृष्ट खेलाडीमा कामना विष्ट र ग्रेट एचिभमेन्ट अर्वाड प्रतिभा मालीले जितेका थिए । उनीहरु सबैले टीभीएस स्कुटर पाएका थिए ।

वि.सं २०७३ सालपछि भने एपीएफले लगातार उपाधि जित्दै आएको छ । वि.सं २०७४ मा च्याम्पियन बनेको एपीएफले ३ लाख २५ हजार पायो । यस्तै उत्कृष्ट खेलाडी सरस्वती चौधरी, उदयमान खेलाडी सर्मिला नेपाली, सर्वाेत्कृष्ट खेलाडी निरुता ठगुन्ना, वर्ष खेलाडी प्रतिभा माली घोषित भए । त्यहि वर्षबाट सुरु गरिएको भाग्यमानी दर्शकमा राजु घोटानी भएका थिए । उनीहरुले युएम स्कुटर पाएका थिए ।

Image may contain: 4 people

वि.सं २०७५ को उपाधि पनि एपीएफले नै जित्यो । त्यस संस्करणमा एपीएफले ३ लाख ५० हजार पाएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी सरस्वती चौधरी, उदयमान खेलाडी शान्ती थारु, वर्ष खेलाडी अरुणा शाही, सर्वाेत्कृष्ट खेलाडी कोपिला राना र भाग्यमानी दर्शकमा भिम देवकोटा घोषित भए र सबैले सुजुकी स्कुटर पाएका थिए । 

बुधबार सकिएको १५ औं संस्करणको ढोरपाटन भलिबल डबल लिग भलिबल प्रतियोगितामा फेरी पनि एपीएफ च्याम्पियन बन्यो । सातौं पटक च्याम्पियन बनेको एपीएफले नगद ४ लाख ५ हजार पाएको छ ।

यस संस्करणमा सर्वाेत्कृष्ट खेलाडी आर्मीकी सोफिया पुन, वर्ष खेलाडीमा होङग्वान्जी न्यु डाईमण्डकी लिब्रो सलिना श्रेष्ठ, उदयमान खेलाडीमा पुलिसकी उषा भण्डारी र ग्रेट एचिभमेन्ट अर्वाड एपीएफकी बिनिता बुढाथोकी भए । उनीहरुले युएम स्कुटर पाए । यस्तै भाग्यशाली दर्शक बनेका अनिल बुढाथोकीले एक थान बाईक पाए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP