शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. अमेरिकाविरुद्ध नेपालले बनाएको ४ कीर्तिमान

अमेरिकाविरुद्ध नेपालले बनाएको ४ कीर्तिमान

२०२० फेब्रुअरी १२, बुधबारखेलपाटी संवाददाता

अमेरिकाविरुद्ध नेपालले बनाएको ४ कीर्तिमान

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्यो । जितसँगै नेपालले सिरिजको ४ खेलमा २ जितसहित सुखद अन्त्य गर्यो ।

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको अमेरिका मात्र ३५ रन जोड्दा अलआउट भयो । नेपाली स्पिनर सामु अमेरिकाका कुनै खेलाडी खुलेर खेल्न सकेनन् ।

स्पिनर सन्दीप लामिछानेले ६ तथा सुशन भारीले ४ विकेट लिएपछि अमेरिका सस्तैमा समेटियो । उसका जेभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अमेरिकाले दिएको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

करिब ८ घण्टामा सकिने एकदिवसीय खेल बुधबार मात्र १ घण्टा २० मिनेटमा सकियो । त्यसमा समेत करिब ४० मिनेटको इनिङस ब्रेक रहेको थियो ।

अमेरिकाविरुद्ध जित निकाल्ने क्रममा नेपालले केहि कीर्तिमानहरु समेत बनाएको छ ।

नेपालले बनाएको कीर्तिमान के के ?

एकदिवसीयमा सर्वाधिक कम स्कोर :

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेपालविरुद्ध अमेरिकाले बनाएको स्कोर सर्वाधिक कम स्कोरको बराबरी हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

सर्वाधिक छिटो लक्ष्य पुरा :

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो सर्वाधिक छिटो लक्ष्य पुरा गर्ने कीर्तिमानी बनाएको छ । अमेरिकाले दिएको लक्ष्य नेपालले ५ ओभर २ बलमा पुरा गरेको थियो ।

यस्तै एकदिवसीय अन्तराष्ट्रियमा नेपाल विपक्षीले दिएको लक्ष्य सर्वाधिक छोटो पुरा गर्ने विश्वको तेस्रो राष्ट्र बनेको छ । यसअघि जिम्बाबेले दिएको ४० रनको लक्ष्य श्रीलंकाले ४ ओभर २ बलमा पुरा गरेको थियो । यस्तै श्रीलंकाले नै क्यानाडाले प्रस्तुत गरेको लक्ष्य ४ ओभर ४ बलमा पुरा गरेको खेल दोस्रो स्थानमा छ ।

एसोसियटको उत्कृष्ट बलिङ फिगर :

अमेरिकाविरुद्ध सन्दीप लामिछानेले १६ रन खर्चेर ६ लिएको बलिङ फिगर एसोसियट क्रिकेटको सर्वाधिक उत्कृष्ट बलिङ फिगर हो । यस अघि अफगानिस्तानले टेष्ट मान्यता पाउनु अघि स्पिनर राशिद खानेले वेष्ट इडिजविरुद्ध १८ रन खर्चेर ७ विकेट लिएका थिए ।

फराकिलो विकेट जित :

नेपालले एकदिवसीय अन्तराष्ट्रियमा विकेटको हिसाबमा हात पारेको यो फराकिलो जित हो । यसअघि नेपालले युएईलाई ४ विकेटको अन्तरले पराजित गरको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

Bhat Bhateni
प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

अपराजित लिभरपुल

अपराजित लिभरपुल

जिदानका छोराले रोजे फरक बाटो

जिदानका छोराले रोजे फरक बाटो

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा