काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा १० खेलाडीमा सिमित जावलाखेलविरुद्ध शेर्पाले ३-१ को अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २-० को अग्रता दिलाए ।
खेलको ३५ औं मिनेटमा जावलाखेल १० खेलाडीमा सिमित भयो । जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो । काउन्टरमा आएको बललाई डिबक्स बाहिर समातेपछी रेफ्री प्रकाश नाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड देखाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका कुबेर बिष्टले गोल गर्दै खेल २-१ मा ल्याए । त्यसको केहि मिनेटपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३-१ को अग्रता दिलाए ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
जावलाखेल जित निकाल्दै लिगको शीर्ष ६ मा स्थान पक्का गर्न चाहन्छ । जावलाखेल ११ खेलबाट १८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ ।
शेर्पा १० अंक सहित ११ औं स्थानमा छ । शेर्पा पनि जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।