न्यु डाईमण्डलाई हराउँदै आर्मी तेस्रो

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएर आर्मी तेस्रो स्थान हासिल गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा आर्मीले न्यु डाईमण्डलाई २५-२१, २५-१४ र २५-१४ को सेटमा पराजित गर्यो ।
जितसँगै आर्मीले लिगको १४ खेलमा ३० अंक जोड्यो । चौंथो भएको न्यु डाईमण्डले २२ अंक जोड्यो ।

लिगमा तेस्रो भएको आर्मीले १ लाख ५ हजार नगद प्राप्त गरेको छ । चौथौ भएको न्यु डाईमण्डले ७५ हजार प्राप्त गर्यो ।
प्रतियोगिताको उपाधि छिनोफानो भने लिगको अन्तिम खेलले तय गर्नेछ । लिगको अन्तिम खेलमा एपीएफ र नेपाल पुलिस क्लबबीच आजै खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले २ लाख ५ हजार पाउनेछन् ।














-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)