शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. अमेरिकामाथि नेपालको कीर्तिमानी जित

अमेरिकामाथि नेपालको कीर्तिमानी जित

२०२० फेब्रुअरी १२, बुधबारखेलपाटी संवाददाता

अमेरिकामाथि नेपालको कीर्तिमानी जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो लक्ष्य पुरा गर्दै कीर्तिमानी जित निकालेको छ । विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो जित हो । 

नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए ।

अमेरिकाका केन्जिगेले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो ।

अमेरिकाले बनाएको यो स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोरको बराबर हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

यस्तै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षीलाई सबैभन्दा कम बलमा अलआउट गर्ने कीर्तिमान पनि बनाएको छ । अमेरिकालाई ७२ बलमा अलआउट गरेर नेपालले कीर्तिमान रचेको हो ।

नेपाली स्पिनर बलर चम्किएपछि अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यस्तै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने ।

यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए ।

अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ ।

ओमानसँग दुई खेलमा पराजित गरेको नेपालले अमेरिकालाई भने दुई खेलमा पराजित गरेको हो । पहिलो भेटमा अमेरिकालाई नेपालले ३५ रनले हराएको थियो ।

ओमानसँग भने नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । ओमानले चार खेल जितेर सिरिज क्लिन स्विप गरेको छ ।

दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

Bhat Bhateni
प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

अपराजित लिभरपुल

अपराजित लिभरपुल

जिदानका छोराले रोजे फरक बाटो

जिदानका छोराले रोजे फरक बाटो

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा