काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मनाङले २-० को अग्रता बनाएको छ । खेलको ३२ औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई १-० को अग्रता दिलाए ।
यस्तै खेलको ४३ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दा मनाङ पहिलो हाफमा २-० ले अघि रहेको हो ।
आज मनाङ बलियो प्रतिद्वन्द्वी पुलिसविरुद्ध जित निकाल्दै तेस्रो स्थानमा उक्लन चाहन्छ । २२ अंक जोडेको मनाङ चौंथो स्थानमा रहेको छ । पुलिसलाई पराजित गर्न सके मनाङले शीर्ष दुई टोलीसँग अंक दुरी समेत घटाउने छ ।
पुलिस भने मनाङलाई हराएर शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छ । छैटौं स्थानको पुलिसको १७ अंक रहेको छ ।