• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
न्यु डाईमण्डमाथि एपीएफको जित  
गिता राई
सोमबार, माघ २७, २०७६ गिता राई
न्यु डाईमण्डमाथि एपीएफको जित  

काठमाडौं । साविक विजेता तथा विभागीय टोली नेपाल एपीएफ क्लबले राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।

मुख्य स्पाइकर प्रतिभा माली बिना कोर्ट उत्रिएको न्यु डाईमण्डविरुद्ध एपीएफले सुरुवाती सेट गुमाएपनि पुनरागमन जित निकालेको हो । घुँडाको चोटको कारण टिम बाहिर रहेका प्रतिभा बिना न्यु डाईमण्डले पहिलो सेट २५-२१ ले जितेको थियो । तर, त्यसपछिको सेट २५-८, २५-१४ र २५-१६ ले जित्दै खेल एपीएफले आफ्नो बनायो ।

न्यु डाईमण्डमाथिको जितसँगै शीर्ष स्थानको एपीएफले १२ खेलबाट ३५ अंक जोडेको छ । न्यु डाईमण्ड १३ खेलमा २२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा न्यु डाईमण्डले बुलबुले रारा क्लबलाई २५-२२, २५-१२, १८-२५ र २५-१६ को सेटमा हराएको थियो । बुलबुले १३ खेलमा १४ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ ।

यस्तै पुलिसले चितवन टाइग्रेसलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले चितवनमाथि २५-२३, २५-२१,१७-२७ र २५-२० को सेटमा पराजित गर्यो ।

जितसँगै पुलिसले १२ खेलमा ३४ अंक जोडेको छ । र, पुलिस दोस्रो स्थानमा रहेको छ । पुलिस एपीएफ भन्दा एक अंकले मात्र पछि रहेको छ ।

चितवन भने पाँचौं हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । चितवनले १४ खेलमा १८ अंक जोड्यो । पाँचौं भएको चितवनले ५५ हजार प्राप्त गर्यो ।

यस्तै लिगमा आर्मी क्लब ११ खेलमा २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट हुनेले जनही ७/७ हजार पाउने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP